यस्ता छन् किसमिस भिजाएर खानुको चमत्कारिक फाइदा

किसमिस मन नपर्ने मानिस शायदै भेटिएला । यसको तिख्खर स्वाद र मिठासको लागि मात्र नभर्इ किसमिस उन्नत स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । हिजोअाज हरेक किसिमका मिठार्इ र खानेकुरामा किसमिसको प्रयोग गरिन्छ । यसका अनगिन्ती फाइदाहरूका बारेमा हामी यहाँ छोटकरीमा चर्चा गर्छौं:-

  • किसमिसको सेवनले शरीरमा अाइरनको कमीलार्इ पूरा गरी रगत बढाउँछ ।
  • फाइदाको हिसावले किसमिस सुख्खा खानुभन्दा भिजाएर खानु उत्तम मानिन्छ । यसलार्इ भिजाएर खाने गर्नाले लिभर अर्थात् कलेजोलार्इ फाइदा गर्दछ ।
  • किसमिसको पानीले कलेजोमा एकदम तीब्र गतिमा रगत सफा गर्दछ । यसरी किसमिस भिजाएर उक्त पानी नियमित ४ दिनसम्म पिउने हो भने कब्जियत लगायतका कैयौं पेटसम्बन्धी समस्या वा रोग निको हुन्छ ।
  • दिनहुँ किसमिस सेवन गर्नाले मुटु बलियो एवम् स्वस्थ हुनुका साथै कोलेस्ट्रोल पनि घटाउँछ ।
  • किसमिसमा धेरै किसिमका भिटामिन एवं मिनरल्स पाइन्छ । यसलार्इ भिजाएर खानाले यसमा भएको गुलियोको मात्रामा कमी अार्इ स्वास्थ्यको लागि एकदमै गुणकारी हुन्छ ।
  • प्राकृतिक रूपमा यसमा एन्टीअक्सिडेन्ट पाइने हुनाले यसले विभिन्न किसिमका रोगबाट बचाउँछ ।

शरीरमा विभिन्न किसिमका फोहोर वा प्रदुषणलार्इ हटार्इ रगत सफा गर्न मृगौला तथा कलेजोको अहम् भूमिका हुन्छ । त्यसैकारण पनि यी महत्वपूर्ण अङ्गहरूलार्इ स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् । दैनिक रूपमा थोरै भएपनि किसमिसको सेवन गर्दा अतुलनीय फाइदा प्राप्त गर्न सकिन्छ ।

स्वास्थ्य सम्बन्धी अन्य लेखहरू पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्-

दाँत पहेंलो छ? प्राकृतिक रूपमै यसरी चम्काउनुहोस्-