October 24, 2017

भरतपुरमा रेणु करिब २ हजार मतले पछाडि

काठमाण्डौ, ३ जेठ । भरतपुर महानगरपालिकामा नेकपा एमालेले मतको अन्तरलाई फराकिलो बनाउँदै लगेको छ ।

नेकपा एमालेका देवी ज्ञवाली निकै अग्रस्थानमा देखिएका छन् । उनी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा झण्डै २ हजार मतले अघि छन् ।

ताजा मतपरिणाम अनुसार एमालेले ४८०७ मत प्राप्त गरेको छ भने माओवादीको २९५६ मत रहेको छ ।