Breaking News

हिमालय रोडिजको चितवन अडिसन सम्पन्न

भानुभक्त बिष्ट/चितवन, १० बैशाख । युवा पुस्ताबीच अत्यन्तै लोकप्रिय साहसिक चुनौतिहरूले भरिएको रियालिटी शो ‘हिमालय रोडिज’को दोस्रो संस्करण ‘हिमालय रोडिज – वाइल्ड वाइल्ड वेष्ट’ अन्तर्गतको चितवन अडिसन सोमबार सम्पन्न भएको छ ।

गत शुक्रबार इटहरीमा पहिलो अडिसन भएको थियो भने अाजको दोस्रो अडिसन चितवनको नारायणगढ, पुल्चोकस्थित नारायणी कला मन्दिरमा सफलतापूर्वक सम्पन्न भएको हो । युवाहरूमाझ निकै रुचाइएको रोमाञ्चक रियालिटी शो भएकोले बिहान ६ बजेदेखि नै सुरु भएको अाजको अडिसनमा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

इटहरी र चितवनको अडिसनपछि प्रतिस्पर्धी छनोटको कार्यक्रम १२ गते बुटवलको सिद्दार्थ कटेज र वैशाख १५ गते पोखराको होटल जल महलमा हुने अायोजकले जानकारी दिएको छ । देशभरिमा पाँच स्थानमा अडिसन हुने यस रियालिटी शो मा १८ वर्षमाथिका युवा युवतीले सहभागिता जनाउन सक्ने छन् ।

वैशाख १८ गते काठमाडौंमा अडिसन भए सँगै हिमालय रोडिजको अडिसन राउण्डको समाप्ति हुनेछ । त्यसपछि छानिएका प्रतिस्पर्धीहरूलाई अर्को राउण्डमा प्रतिस्पर्धा गराइनेछ । रोडिजका फारमहरू हिमालय रोडिज डट कम सँगै अडिसन स्थलमा पनि उपलव्ध हुनेछ । अडिसनमा सहभागी हुने प्रतिस्पर्धीले आफ्नो नेपाली नागरिकता र फोटो भने अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ ।

हिमालय रोडिजमा प्रतिस्पर्धीको मानसिक, शारीरिक र परिस्थितिजन्य अवस्थासँग सम्बन्धित खेल खेलिन्छ ।

shares