Breaking News

अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी बर्तौलालार्इ

काठमाण्डौ, १० बैशाख । अनेरास्ववियु केन्द्रिय कमिटीले वर्तमान उपाध्यक्ष महेश बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेको छ ।

अखिलले आइतबारदेखि नै लागू हुने गरी बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । अखिल अध्यक्ष नविना लामाले एक विज्ञप्ति जारी गर्दै आफ्नो व्यक्तिगत र पारिवारिक परिस्थितिका कारणले संगठनलार्इ आवश्यक समय दिन नसकेकोले बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाएकी छिन् ।

उपाध्यक्ष बनेर अखिलमा सक्रिय भूमिका निभाउँदै अाइरहेका बर्तौलाले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूले कुशलतापूर्वक निभाउने जानकारी गराउँदै सहयोगका लागि संगठनका सबैसँग अपिल गरेका छन् ।

shares