संचालकसहित जुवाडे पक्राउ

निरज तामाङ/काठमाण्डौ, १० बैशाख । काठमाडौंको सतुङगल क्षेत्रमा अवैध रूपमा जुवातास खेलाउने संचालकसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।

शनिबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका १३ स्थित नैकापको ठकुरी गाउँमा सिता पनेरुको घरबाट उनीहरूलाई तास खेलिरहेको अवस्थामा बलम्बु प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले नगद ५४ हजार ६ सय ५ रुपैयांसहित पक्राउ परेको बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षिक शर्मिला गुरुङले जानकारी दिइन्।

उनीहरूलाई थप कारवाहीको लागि प्रहरी वृत थानकोटमा पठाइएको छ । यसअघि पनि यसक्षेत्र, संतुङगल, नैकपा, गुर्जुधारा, बोसीगाउँ लगायतका क्षेत्रहरूबाट पटक-पटक यस्ता जुवाडेहरू पक्राउ परेका थिए ।

बलम्बु प्रहरी प्रभागका प्रमुख, प्रहरी निरिक्षक गुरुङले आफूहरू यसक्षेत्रमा हुने गरेका अवैध धन्दा तथा गैरकानुनी सबै क्रियाकलापहरू समाप्त गरी यस क्षेत्रलाई अपराधमुक्त र सुरक्षित बनाउने अभियानमा निरन्तर लागिरहेकोे बताइन् ।