ललितपुर महानगरपालिकामा फेरी कांग्रेसको अग्रता

काठमाण्डौ, ३ जेठ । काठमाण्डौ, भरतपुर र पोखरा महानगरपालिकामा एमालेले अग्रता कायम राखिराख्दा ललितपुर महानगरपालिकामा भने कांग्रेसले अग्रता कायम गरेको छ ।

ताजा मतगणना अनुसार कांग्रेसका चिरीबाबु महर्जनले ९ हजार ४ सय ३२ मत ल्याउँदै अग्रता कायम गरेका हुन् । उनका बलिया प्रतिद्वन्दी एमालेका हरिकृष्ण व्यञ्जनकारले ९ हजार २ सय ७८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

त्यस्तै साझा पार्टीका रमेश महर्जन ३ हजार ८ सय ४७ मत ल्याएर तेस्रो स्थानमा छन् । चौंथौ स्थानमा भने माओवादीका दिनेश महर्जन रहेका छन् ।