अस्ट्रेलियाको भिसामा कडाइ

काठमाण्डौ ६ बैशाख । अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ ।

यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ । अस्ट्रेलियका प्रधानमन्त्रीले विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाउने घोषणा गरिसकेका छन् ।

भिसा नियम ‘४५७’ अनुसार अस्ट्रेलियामा विदेशी कामदारले यहाँको नागरिकसरह काम गर्ने अधिकार पाउँदै आएका थिए ।

श्रममा स्वदेशी नागरिकलाई प्राथमिकता दिने भन्दै यस्तो भिसा नियम पूरै हटाउन लागिएको हो ।यो खबर कान्तिपुर दैनिकमा छ ।