August 24, 2017

सल्यानको कपुरकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पुरुषोत्तम गिरी / सल्यान जेठ ३ । सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ ।

निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश भरारीलाई १ हजार १७ मतले पराजित गर्दै नेकपा एमालेका भिम बहादुर सेन गाउँपालिकाको अध्यक्ष बनेका हुन । उनले ३ हजार १ सय ५२ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका प्रकाश भरारीले २ हजार १ सय ३५ मत प्राप्त गरेका थिए । अर्को उम्मेदवार कांग्रेसका दुर्गा गिरीले १ हजार ४ सय ६७ मत प्राप्त गरे ।

नेकपा एमालेका भिम बहादुर सेन

यस्तै उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले माओवादी केन्द्रकी एलिना रानालार्ई १ हजार ५ सय १२ पराजित गर्दै उपाध्यक्षमा जितेकी छिन् । उनले ३ हजार ३ सय ८० मत प्राप्त गरिन् भने प्रतिद्वन्दी रानाले १ हजार ८ सय ६८ मत प्राप्त गरिन् । अर्कि प्रतिद्वन्दी कांग्रेसकी ओकी महतराले १ हजार ६ सय ७४ मत प्राप्त गरिन् ।

नेकपा एमालेकी तिला बुढा मगर

६ वटा वडा रहेको कपुरकोट गाउँपालिकामा वडा नम्बर १ र २ मा माओवादी केन्द्र ३ मा नेपाली कांग्रेस र ४, ५ र ६ मा नेकपा एमाले विजयी भएका छन् । यो सँगै १० स्थानीय तह रहेको सल्यानमा नेपाली कांग्रेसले २, एमालेले २ र माओवादी केन्द्रले १ स्थानमा जीत हात पारेका छन् भने बाँकि ५ तह मध्ये माओवादी केन्द्रले ३ मा एमालेले १ मा र नेपाली कांग्रेसले पनि १ मा अग्रता कायम गरेका छन् ।