रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा नयाँ शक्तिको पहिलो जीत

काठमाण्डौ, ३ जेठ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले पनि रसुवाबाट आफ्नो जीतकाे खाता खोलेको छ ।

रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नयाँ शक्ति र संघीय समाजवादी फोरमका उम्मेदवार बुचुङ तामाङ ९ सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका लाक्पा गोम्बो तामाङले ६ सय ४३ मत ल्याए ।

त्यस्तै गाउँपालिकाको उपप्रमुखमा भने एमालेकी उम्मेदवार नविना तामाङ ६ सय ६५ मत ल्याएर विजयी भइन् । नयाँ शक्तिकी संगीता लामा मात्र २ मतले पछाडि परिन् ।