Breaking News

वीरगंज महानगरपालिका, यातायात र शिक्षा कार्यालयमा बम फेला, सेनाद्वारा निष्कृय

राम कुशवाहा/वीरगंज, ६ बैशाख । अज्ञात समूहले वीरगंज महानगरपालिका, यातायात र जिल्ला शिक्षा कार्यालय पर्सामा राखेको बम नेपाली सेनाले निष्कृय पारेको छ ।

तीनवटै स्थानका कार्यालयभित्र बम राखेपछि कर्मचारी तथा सेवाग्राही आतंकित भएका थिए । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कार्यकक्ष अगाडी भ¥यांगमा शंकास्पद वस्तु भेटिएको थियो भने यातायातको कार्यालयको लाइसेन्स शाखाको पहिलो तल्लाको भ¥यांगमा र शिक्षा कार्यालयको पहिलो तलामा भेटिएको शंकास्पद वस्तु बम रहेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु भेटिएपछि वीरगंजस्थित चण्डीप्रसाद गणको बम डिस्पोजल टोलीले घटनास्थल नियन्त्रणमा लिई डिस्पोज गर्दा ठूलो आवाजसहित बम निष्कृय भएको प्रहरीले जनाएको छ ।

कार्यालय परिसरमा बम फेला परेपछि महानगरपालिका, यातायात र शिक्षा कार्यालयमा पुगेका कर्मचारी र सेवाग्राहीहरूबीच आज दिउँसो भागदौड मच्चिएको थियो ।

shares