August 23, 2017

धादिङको रुबीभ्याली गाउँपालिकाबाट राप्रपाले खाता खोल्यो

काठमाण्डौ, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पद जित्दै विजयी यात्रा सुरु गरेको छ ।

राप्रपाका चेरुङ तामाङ १ हजार ४ सय ९४ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । तामाङका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामसिंह तामाङ थोरै मतले पछि परे । उनले ९ सय ५३ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा पनि राप्रपाका बिना लामाले बाजी मारेकी छिन् । लामा १ हजार ४ सय ९ मत ल्याएर विजयी भइन् ।