अफगानिस्तानको राष्ट्रिय टेलिभिजन र रेडियोमा आक्रमण, ६ जनाको मृत्यु

काठमाण्डौ, ३ जेठ । अफगानिस्तानमा एक राष्ट्रिय टेलिभिजनमा र रेडियोमा गरिएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

अफगानिस्ताको नानगरहर प्रान्तमा रहेका ‘जलालाबाद’ नामक राष्ट्रिय टेलिभिजन र रेडियोमा गरिएको आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको हो । मर्नेहरुमा १ सुरक्षामा खटिएका गार्ड रहेका छन् भने अन्य ३ सर्वसाधारण र ३ आक्रमणकारी रहेका छन् । ती आक्रमणकारी सुरक्षाकर्मीले गरेको फाइरिङमा मारिएका हुन् ।

आक्रमणमा परी अन्य पत्रकार सहित १७ जना घाइते भएका छन् । विद्रोही तालिवानको पकड रहेको सो क्षेत्रमा गरिएको आक्रमणको जिम्मा आतंकवादी संगठन आइएसले लिएको छ । आक्रमण गरिएको सो स्थान पाकिस्तानको बोर्डर क्षेत्रमा पर्दछ ।