August 19, 2017

चारओटा महानगरपालिका मध्ये तीनवटामा एमालेको अग्रता

काठमाण्डौ, ३ जेठ । स्थानीय तहको निर्वाचन अन्तर्गत चारवटा महानगरपालिका मध्ये तीन वटा महानगरपालिकामा एमालेले अग्रता लिएको छ ।

जारी मतगणनामा काठमाण्डौ महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा कास्की महानगरपालिकामा एमाले बलियो देखिएको छ । काठमाण्डौ महानगरपालिकामा एमाले उम्मेदवार बिद्यासुन्दर शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशी भन्दा ६ सय बढि मतले अघि छन् । विवेकशील पार्टीकी रञ्जु दर्शना ८४७ मतका साथ तेस्रो स्थानमा छिन् । साझा पार्टीका किशोर थापा ६५७ मतका साथ चौंथो स्थानमा छन् ।

भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा १५ सय मतले अघि छन् । पोखरा लेखनाथ महानगरपालिकामा पनि एमालेका मानबहादुर जिसी कांग्रेस उम्मेदवार रामजी कुँवर भन्दा करिब २ सय मतले अघि देखिएका छन् ।

ललितपुर महानगरपालिकामा भने कांग्रेस र एमाले सँगै देखिएका छन् । ताजा मतगणना अनुसार कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनको ८ हजार ९ सय ६९ र एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारको ८ हजार ९ सय ७० मत रहेको छ । मतगणना निकै सुस्त भएकाले अन्तिम परिणाम आउने अझै केही दिन लाग्ने देखिएको छ ।