August 19, 2017

निर्वाचनको परिणाम आउने क्रम जारी, एमाले र कांग्रेस रोचक प्रतिस्पर्धामा

काठमाण्डौ, ३ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

आइतबार सम्पन्न प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय निर्वाचनको पछिल्लो मत परिणाम अनुसार एमालेले ४२ गाउँपालिका र नगरपालिकाको अध्यक्ष तथा प्रमुखमा जीत हासिल गरेको छ । यस्तै कांग्रेस ४२ तहमा विजयी भएको छ । माओवादी केन्द्रले २० स्थानमा जितेको छ । ४ स्थानमा अन्य दलका र स्वतन्त्र उम्मेदवार गाउँपालिकाको अध्यक्ष चुनिएका छन् ।

मतगणना जारी रहँदा एमालेले ६९, कांग्रेसले ६७ र माओवादी केन्दले्र २४ स्थानमा अग्रता लिएका छन् ।