नरदेवी आयुर्वेद अस्पतालका डाक्टर घूससहित पक्राउ

काठमाण्डौ, ४ बैशाख । नरदेवी आयुर्वेद अस्पतालका निमित्त निर्देशक डाक्टर रामदेव यादव घूस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अस्पतालका निर्देशक यादवलाई घूससहित पक्राउ गरेको हो । यादवलाई ३७ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा अस्पतालको निवास गृहबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनले अन द जव ट्रेनिङका लागि आएका विद्यार्थीबाट जनही एकहजार रुपैयाँका दरले घुस लिएका हुन् । अख्तियारले थप अनुसन्धान भइरहेको जनाएको छ ।