Breaking News

करेन्ट लागेर १ जनाकाे  मृत्यु

धादिङ, ४ बैशाख । धादिङमा मंगलबार बिहान करेन्ट लागेर १ जनाकाे  मृत्यु हुनाको साथै ८ जना घाइते भएका छन् ।

थाक्रे गाउँपालिकास्थित् महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो ।

८  जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको पनि इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।  घाइतेहरूलार्इ उपचारका लागि काठमाडौं लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares