Breaking News

सगरमाथा बेश क्याम्पमा हाफ म्याराथन हुने

काठमाण्डौ, ३ बैशाख । २०७२ बैशाख १२ गतेको बिनासकारी भूकम्पमा परेर ज्यान गुमाएका पर्वतारोहीको स्मरण गर्दै आगामी बैशाख १२ गते सगरमाथा बेश क्याम्पमा हाफ म्याराथन आयोजना हुने भएको छ ।

आयोजक फोर्टिन पिक एक्स्पिडसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैशाख १२ गते कालापत्थरको पाँच हजार ६ सय ४४ मिटरबाट म्याराथन सुरु भई स्याङ्बोचे तीन हजार सात सय ८० मिटरमा टुङ्गिने जनाएको हो ।

म्याराथनमा सहभागीले २१ दशमलव सात किलोमिटर उछिन्न खराब मौसम, लेक लाग्ने डर र महाथकानसंग चूनौति गर्नुपर्ने एक्स्पिडसनका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले जानकारी दिए । प्रतियोगितामा नेपाल, अमेरिका, चीन , भारत , स्पेन लगायत विभिन्न मुलुकका धावक सहभागी हुने उनले बताए ।

प्रतियोगिताका महिला तथा पुरुष समूहका विजयीहरूलाई पदक प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

shares