पर्वत फलेबास नगरपालिकामा एमालेकाे जित

काठमाण्डौ, ३ जेठ । प्रदेश नम्बर ४ पर्वतको फलेबास नगरपालिकाको मतगणना कार्य सकिँदा एमालेले जितेको छ ।

फलेबास नगरपालिकाको मेयर पदमा एमालेका पदमपाणी शर्मा ६ हजार १ सय ३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गंगाधर तिवारीले ५ हजार ७ सय ५५ मत प्राप्त गरे ।

त्यस्तै उपमेयर पदमा पनि एमालेकै मन्जु अधिकारी विजयी भएकी छिन् । नेपाली कांग्रेसकी रेखाकुमारी गुरुङ निकटतम प्रतिद्वन्दी बन्दै ५ हजार ६ सय ५९ मत प्राप्त गरिन् ।