टर्की जनमत संग्रहमा राष्ट्रपति एर्दोआन विजयी

काठमाण्डौ ,४ वैशाख । टर्कीमा आइतबार भएको जनमत संग्रहमा राष्ट्रपति रजेप तायप एर्दोआन विजयी भएका छन् ।

९९ प्रतिशत भन्दा बढी मत गणना भइसक्दा राष्ट्रपतिको उल्लेख्य रुपमा अधिकार बढाउनुपर्ने एर्दोआनको अभियानले ५१ प्रतिशत भन्दा बढी मत पाएको जनाइएको छ ।

टर्कीको प्रमुख विपक्षी दल सिएचपीले जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएको छ । उसले छाप नलागेका मतपत्रहरुलाई मतदान केन्द्रहरुले मान्यता दिने जस्ता धाँधलीपूर्ण गतिविधि भएको भन्दै चुनावी परिणामलाई चुनौती दिने उल्लेख गरेको छ ।

उक्त विजयबाट एकदमै उत्साहित राष्ट्रपति एर्दोआनले आफूलाई अर्को १२ वर्ष सत्तामा राख्ने गरि संवैधानिक परिवर्तनहरु गर्ने आफ्ना समर्थकहरुलाई बताएका छन् । उनले मृत्युदण्डको सजाय पुनः कायम गराउन अर्को जनमत संग्रह गर्ने बताइसकेका छन ।

युरोपेली संघले भने त्यस्तो व्यवास्था गरिए टर्कीलाई सदस्यता दिनेबारेका छलफल समाप्त हुने चेतावनी दिएको छ ।