नयाँ वर्षमा ‘गर्लफ्रेन्ड’ लिएर आइन् इन्दिरा जोशी (भिडियो)

भानुभक्त बिष्ट र माधव अधिकारी/काठमाण्डौ, ३ बैशाख । चर्चित सिङगिङ रियालिटि शो नेपाल आइडलकी जज एवम् लोकप्रिय पप गायिका इन्दिरा जोशीको नयाँ गीत सार्वजनिक भएको छ ।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा अस्ट्रेलियाबाट रिलिज गरिएको जोशीको ‘गर्लफ्रेन्ड’ गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन्। ‘गर्लफ्रेन्ड’ मा गायिका जोशीको नै शब्द र संगीत रहेको छ ।

मेलवर्नको सुन्दर दृश्यहरू कैद गरिएको ‘गर्लफ्रेन्ड’को म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, एन्जी मुल्मीश्रेष्ठ लगायतका साथीहरूको अभिनय रहेको छ । अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् ।

सुनोदले यसअघि अस्ट्रेलियाबाट निर्माण र प्रशारण भैरहेको टिभी सीरिजहरू र म्युजिक भिडियोहरूमा अभिनय गरेका छन् । एस इभेन्ट्सका डाइरेक्टरसमेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्युजिक भिडियो मेकिङ्गलगायत विभिन्न म्युजिकल इभेन्ट्सहरू नेपाली एक्पोहरूको साथै प्रोडक्सनका कामहरू गर्दै आएका छन् ।

भिडियो यो लिंकमा क्लिक गरी हेर्नुहोस्-