Breaking News

यसरी मनाए राजवंशी समुदायले सिरुवा पर्व

पकंज शर्मा/झापा, ३ बैशाख । नयाँ वर्षको अवसरमा झापाका राजवंशी समुदायले सिरुवा पर्व पौराणिक कालदखि मनाइआएको रितिरिवाज कादो सिरुवा अाइतबार मनाएका छन् ।

झापाको भद्रपुर १० मा रहेको चैतु मन्दीर युवा क्लबको आयोजनामा आइतबार धुमधामका साथ हिलो खेलेर पर्व मनाएका हुन् । केटाकेटी, युवा, वयस्क, बृद्धबृद्धा, सबै हिलाम्मे भएर रमाइलो गरेका थिए । उनीहरूले आपसमा हिलो छ्यापेर दिनभर पर्व मनाएका थिए ।

नयाँ वर्षको आगमनसगै मनाइने यो पर्वले हावा हुरीको रोकथाम हुने, शरीर नदुख्ने, चर्मरोग नलाग्ने, परिवारमा सुखशान्ति मिल्ने विश्वास लिएर वर्षेनी पर्व मनाउँदै आएको क्लबका उपाध्यक्ष हिरन राजवंशीले बताए ।

छरछिमेकी एकै ठाउँमा जम्मा भएर वर्षको पहिलो दिन पानी सिरुवा, २ गते हिलो खेलेर पर्व मनाएको उपाध्यक्ष राजवंशीले जनाए । क्लबले चैतु मन्दीर, कमल सिंचोक, केन्द्रमोड, देवनिया लगायतका स्थानमा गएर हिलो खेलेको बताए । अन्तिम दिन रंग खेलेर समापन गरिने उनले बताए ।

shares