प्रदेश ७ बाट छुट्टिने टीकापुरबासीकाे चेतावनी

टीकापुर २ बैशाख । प्रदेश ७ काे सरकारले खक्रौला भन्सारकाे स्तरोन्नती नगरे कैलालीकाे क्षेत्र नम्बर १ र २ लाई कर्णाली प्रदेशमा मिसाउन छलफल अघि बढाउने यहाँका बासिन्दाले चेतावनी दिएका छन ।

प्रदेश ७को सरकारले ‘नीति तथा कार्यक्रम’मा खक्रौला भन्सारलाई प्राथमिकतामा नराखेपछि टीकापुर क्षेत्रका बासिन्दाले यस्तो चेतावनी दिएका हुन । टीकापुरका बासिन्दाले प्रदेश सरकारले टीकापुर क्षेत्रकाे विकासमा ध्यान नपुर्याएमा प्रदेश ७ काे भुगोलबाट छुट्टिन सक्ने बताएका छन ।

अाइतबार टीकापुरमा अायोजित कैलाली क्षेत्र नम्बर १ र २ का जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुकाे भेलाले प्रदेश नम्बर ७ सरकारले टीकापुर क्षेत्रलाई भेदभाव गरेकाे अारोप लगाए ।

नीति तथा कार्यक्रमममा भारत तर्फ सीमा जोडिएका भन्सारहरुमा कैलालीकाे धनगढी, महेन्द्रनगरकाे गड्डाचाैकी,  डडेल्धुरा, दार्चुला, बैतडीकाे झुलाघाट र चीन तर्फ सीमा जोडिएका दार्चुलाकाे टिंकर र बझाङकाे उरै लाई व्यवस्थित बनाउने उल्लेख छ । टीकापुरकाे खक्रौला भन्सारका बारेमा नीति तथा कार्यक्रममा सम्बोधन भएकाे छैन ।

खक्रौला भन्सारलाई मुल भन्सारमा विकास गर्नका लागि यस क्षेत्रका जनप्रतिनिधि  र सर्वसाधारणहरुले बर्षौ देखि काेशीस गरिरहेका छन । प्रदेश सरकारले जानीजानी खक्रौलाकाे नाम नीति तथा कार्यक्रममा समावेश नगरेकाे यहाँकाे अारोप छ ।

प्रदेश सरकारले माग पुरा नगरे कैलाली क्षेत्र नम्बर १ र २ लाई कर्णाली प्रदेशमा  मिसाउन छलफल अघि बढाइने यस क्षेत्रका जनताले बताएका छन ।

टीकापुर क्षेत्र मिसिएमा कर्णाली प्रदेशकाे भारतसंग सीमा सम्पर्क कायम हुनेछ भने टीकापुरकाे खक्रौलाबाट कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरकाे सडक दुरी ९० किलोमिटर मात्र हुनेछ । खक्रौला नाका हुदै कर्णाली नदीकाे किनारै किनार सेती र कर्णाली अञ्चलका जिल्लाहरुमा सदियौ देखि ब्यापार व्यवसाय हुदै अाएकाे थियो ।

भारतले नेपालकाे धनगढीसंगकाे सडक पहूच बन्द गर्ने संकेत दिए पछि यस क्षेत्रका वासिन्दाले खक्रौला भन्सारकाे स्तरोन्नती गरी मुल भन्सारका रुपमा विकास गर्नु पर्ने माग गर्दै अाएका छन ।

यदी भारतीय सहर पलियाकाे धनगढीसंगकाे सडक सम्पर्क भारतले बन्द गरेमा  भन्सारसंग सम्बन्धित सेवा पनि बन्द हुनेछ । त्यसकारण कैलाली जिल्लामा रहेका भन्सार मध्ये पुर्वाधारका हिसाबले उपयुक्त भन्सार खक्रौला मात्र हुने भन्दै टीकापुरबासीले उक्त भन्सारलाई मुल भन्सारमा विकास गर्नु पर्ने माग राख्दै अाएका हुन ।

अाज अायोजित सर्वदलिय भेलाले खक्रौला भन्सारकाे स्तरोन्नतीका बारेमा प्रदेश तथा संघीय सरकारसंग जोरदार माग गर्ने निर्णय पनि गरेकाे छ ।

भेलामा प्रदेश सांसद रतन थापा, रणबहादुर रावल, लम्की चुहाका मेयर महादेव बजगाई, टीकापुरका उपमेयर केशरी रावल, पूर्व सांसद हरि ज्ञवाली लगायत नागरिक समाजका अगुवाहरुकाे उपस्थति थियो ।