Breaking News

अाेली- माेदी सम्झौता बारे भीम रावलकाे प्रतिक्रिया : नाकाबन्दी लगाउने भारतकाे कसरी विश्वास गर्ने ?

काठमाण्डौ २ बैशाख । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतले नेपालसंग गरेका सन्धि सम्झौताहरुकाे कार्यान्वयन नगरेकाे बताएका छन ।

हिमालय टेलिभिजनकाे कार्यक्रम ‘धमलाकाे हमला’मा उपाध्यक्ष रावलले प्रधानमन्त्री अाेली र माेदीबिच भएका सम्झौता व्यवहारिक रुपमा कार्यान्वन भएपछी मात्र भारतको विश्वास गर्न सकिने बताए ।

उनले भने ‘विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालकाे संसदमा सबैलाई खुसी पार्ने भाषण गरे’ प्रशंसा पनि खुब बटुले तर केही दिनपछि नाकाबन्दी लगाए । भारतकाे कसरी विश्वास गर्ने’?

कागजमा राम्रा- राम्रा सम्झौता गर्ने तर व्यवहारमा ठिक उल्टो काम गर्ने   भारतीय पक्षकाे विगत देखिकाे चरित्र भएकाे रावलले अारोप लगाए ।

दिल्लीबाट काठमाण्डौ रेल ल्याउनु भन्दा पनि नेपालमा मेची देखि महाकालीसम्म अाफ्नै रेल सेवाका बारेमा तयारी थाल्नु बढी उपयुक्त हुने रावलकाे भनाई छ ।

अाेली-माेदी  सयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री माेदीले नेपालकाे पहूच सगरमाथा देखि सागरसम्म भन्नु कतै भारतकाे सुरक्षा सिमा सगरमाथाकाे फेद भएकाे भारतीय पक्षकाे पुरानो भनाईकाे नयाँ रुप त होइन भन्दै रावलले ९ वटा जिल्लाका जनतालाई डुबाएर काेशीमा उच्च बाँध बनाई पानी जहाज चलाउनुकाे कुनै अर्थ नभएकाे बताए ।

नेपाल – भारत सम्बन्ध पारस्परिक र समानताका अाधारमा हुनु पर्नेकुरामा जोड दिदै एमाले नेता रावलले भारतले नेपालकाे अनुमति बिना बिराटनगरमा सञ्चालन गरिरहेकाे कार्यालय बन्द गर्नु पर्ने बताए ।

रावलसंगकाे विस्तृत कुराकानी अाज राती ८ बजे हिमालय टेलिभिजनकाे कार्यक्रम ‘धमलाकाे हमला’मा हेर्न सक्नु हुनेछ ।

shares