युवतीको हत्या गरी फरार अभियुक्त पक्राउ

गत चैत २३ गते काठमाडौंको नयाँ बसपार्कस्थित न्यू भुमेश्वरी गेष्ट हाउसमा एक युवतीको हत्या गरी फरार सल्यानका गोपाल शर्मा पक्राउ परेका छन् ।

महानगरिय प्रहरी परिसर काठमाण्डौले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल–भारत सीमास्थलबाट उनलाई पक्राउ गरेको जनाएको हो । आफूसँगै कोठामा लगेर शर्माले चितवन सौराहाकी रिहा अधिकारीको हत्या गरेका थिए ।

युवतीको घाँटी थिचेर मारेपछी उनी फरार भएको र महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले नेपाल–भारत सीमास्थल कञ्चनपुरको गड्डाचौकी एरियाबाट पक्राउ गरेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा युवतीको शव फेला परेको थियो भने शर्माले होटलको आगन्तुक पुस्तिकामा आफ्नो नाम र ठेगाना गलत लेखेका थिए । उनले युवतीको हत्या किन गरे भन्ने विषयमा अनुसन्धान भइरहेको पोखरेलले बताए ।

मृतकको हालसम्म एकिन घर ठेगाना खुल्न नसकेको जनाएको छ । त्यस्तै प्रहरीले नेपाल पुलिस एकेडेमीमा कार्यरत कार्यालय सहायक सञ्जिव पौडेललाई धारिलो हतियारले घाटी काटेर फरार रहेका ५ जनालाई पनि पक्राउ गरेको जनाएको छ ।