Breaking News

भक्तपुरको नलिन्चोकमा अचेत अवस्थामा भेटिएका भुजेलको निधन

भक्तपुर, २ बैशाख । सुर्यविनायक नगरपालिका ९ नलिन्चोकका स्थानीय रामहरी भुजेलको उपचारका क्रममा निधन भएको छ ।

नलिन्चोकस्थित बाँसघारी नजिक बाटोमा अचेत अवस्थामा भेटिएका ४८ वर्षका भुजेललाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा उनको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सवारी साधनको ठक्करका कारण उनी अचेत भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको परिसरका सूचना अधिकृत एवं डिएसपी कृष्ण प्रसाईंले जनाएका छन् । उनी अचेत भएको स्थलमा घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताएका छन् ।

उनको निधनको सत्यतथ्य छानबिनका लागि नलिन्चोकमा आज बिहान केहीबेर सडक अवरुद्ध गरिएको थियो । तीन दिनभित्र भुजेललाई ठक्कर दिने सवारी साधनको खोजी गरी दोषीलाई कारवाही गर्ने सहमतिपछि अहिले सडक खुलेको स्थानीयले बताएका छन् ।

shares