पोखरीमा डुबेर एक जनाको मृत्यु

मोरङ, २ बैशाख । रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–२ का ५५ वर्षीय मग्ना मिँया रहेका छन् । उनी पौडी खेल्ने क्रममा डुबेका थिए । उनलाई पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

वैशाख १ गते नयाँ वर्षको अवसरमा सो मन्दिरमा मेला लाग्ने गर्दछ । -रासस