Breaking News

इजिप्टको सैनिक शिविरमा आतंकारी हमला हुँदा ८ सैनिकको मृत्यु, १५ घाइते

काठमाण्डौ, २ बैशाख । इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार भएको आक्रमणमा कम्तिमा आठ सैनिक मारिएको सेनाले जनाएको छ । उक्त आक्रमणमा परी १५ सैनिक अधिकारी घाइते भएको पनि बताएको छ ।

सिनाइको मध्यक्षेत्रमा शरीरमा विस्फोटक पदार्थ बाँधेर चार जनासहित १४ जना आतङ्ककारी लडाकूको एक समूह शिविरमा प्रवेश गरी हमला गरेको थियो । सेनाले सो हमलाको प्रतिकार गर्दा आठ सैनिकले शाहदत प्राप्त गरेको र १५ जना घाइते भएको सैनिक प्रवक्ता तामेर अल रेफायद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सेनाको प्रतिकारमा अतङ्ककारीहरूको समूहका सबै सदस्यको मृत्यु भएको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

shares