Breaking News

‘बैशाख ९ गते नै पार्टी एकता हुन्छ’- प्रचण्ड

बागलुङ १ बैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता ७० वर्षको राजनीतिक अराजकता अन्त्यका लागि भएको बताएका छन ।

बागलुङमा अायोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले हरेक पटक बन्ने सरकारहरु एउटाले गरेको निर्णय अर्काले खारेज गर्ने र सरकार बन्दासाथ गिराउने खेल सुरु हुने भएकाले त्यसको अन्त्यका लागि बलियो शक्ति निर्माण गर्न लागिएको बताए  ।

पार्टी एकताका लागि दुई पार्टी कार्यदलले तयार गरेको अन्तरिम विधान अध्ययनकै क्रममा रहेको उल्लेख गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले अन्तरिम विधानको अध्ययन गर्न समय लागेकाले पार्टी एकता बैशाख ९ गते पुगेको बताए । ‘बैशाख ९ गते नै पार्टी एकता हुन्छ’ प्रचण्डले भने ।

सात सालको परिवर्तनपछिका जननिर्वाचित सरकार, पञ्चायती सरकार, राजाको हुकुमी शासन, बहुदलीय व्यवस्था सहितको सरकार र गणतन्त्रपछि बनेका हरेक सरकार पाँच वर्षसम्म टिक्न नसक्दा एउटा सरकाले गरेका काम अर्को सरकारले भत्काउँने गर्दा मुलुकको आर्थिक अवस्था कमजोर भएकाले मुलुक समृद्धिका लागि पार्टी एकता गर्न लागिएको प्रचण्डकाे भनाई छ ।

अहिलेसम्म बनेका सरकारले एउटाले गरेको निर्णय खारेज गर्नेमात्र काम गरेको उल्लेख गर्दै प्रचण्डले नयाँ विकासको खोज अनुसन्धान नभएकाले नेपाललाई प्रकृतिले दिएको अनुपम उपहारहरु सही सदुपयोग गर्न नसकिएको बताउँदै प्रचण्डले वर्तमान सरकारले प्रकृतिले दिएका स्रोत र साधनको सही सदुपयोग गरेर पाँच वर्षभित्र नेपालले विकासको फड्को मार्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपालमा थुप्रै राजनीतिक क्रान्तिहरु भएपनि मुलुक जहीको तही भएकाले अब हुने विकास निर्माणलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताए ।

यही परिस्थिति रहे नेपाल अवको १७ वर्षपछि बुढाबुढीहरुको देश बन्ने निश्चित भएको भन्दै युवाहरुलाई स्वदेशमै केही गर्न सक्ने अवस्था सिर्जना गर्नेगरी सरकारले योजना बनाएर अगाडि बढे आफू सहकार्य गर्न तयार रहेको थापाको भनाई थियो ।

shares