August 23, 2017

चारवटै महानगरपालिकाको मतगणनालाई महत्वका साथ हेरिँदै

काठमाण्डौ, ३ जेठ । प्रथम चरणको निर्वाचनपछि देशका चारवटै महानगरपालिकाको मतगणना कार्यलाई अति महत्वका साथ लिइएको छ ।

काठमाण्डौ महानगरपालिकाको निर्वाचनमा नयाँ पार्टीहरुको उपस्थितिले गर्दा मतगणना स्वतः प्रतिक्षत र व्यग्र बनेको छ । पुरानै धारका पार्टीको उपस्थितिलाई चिर्दै विशेषगरी साझा पार्टी र विकेकशील पार्टीको सहभागिताले मतगणनामा पनि प्रभावित पारेको छ । अग्रतामा आधारमा एमाले अग्रस्थानमा रहे पनि विकेकशील र साझा पार्टीको पक्षमा पनि मतगणना भइरहँदा मतगणना कार्य थप रोचक बनेको हो ।

त्यसैगरी भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहालको सहभागिताले पनि नयाँ तरङ्ग थपिदिएको छ । माओवादी र कांग्रेसको तालमेलले गर्दा पनि रेणुलाई दाबेदारको रुपमा लिइएको छ । यद्दपि अहिलेसम्मको मतगणनामा भने एमालेका देवी ज्ञवाली अग्रस्थानमा रहेका छन् ।

अर्काे महानगरपालिका ललितपुरमा भने एमाले र कांग्रेसलाई प्रमुख दाबेदारको रुपमा मानिरहँदा नतिजा पनि त्यस्तै देखिन्छ । अग्रस्थानमा रहेको एमालेभन्दा कांग्रेस डेढ सय मतले मात्र पछाडि रहेको छ । पोखरा महानगरपलिकाको मतगणनालाई पनि उत्तिकै महत्व दिइएको छ । यो महानगरपालिकामा पनि एमाले र कांग्रेसलाई निकटतम प्रतिद्वन्दी मानिएको छ ।