Breaking News

अब देशकाे कुनै पनि स्थान अविकसित रहने छैन् : प्रधानमन्त्री

मुगु १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालका कुनै पनि स्थान अविकसित नहुने उदघोष गरेका  छन ।

कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली रारा पर्यटन बर्षको समुदघाटन गर्दै प्रधानमन्त्री ओलीले अब देशको कुनै पनि भागलाई दुर्गम र पछाडी पर्न नदिने उदघोष गरे ।

ओलीले सरकारको त्यही उदेश्यका साथ कर्णाली रारा पर्यटन बर्षको शुभारम्भ गरिएको बताए । २०७५ साल कर्णाली प्रदेशका लागी विकास र उन्नतीको साल हुने कुरामा आफु पुर्ण बिश्वस्त रहेको बताउँदै ओलीले कर्णालीबासीका लागी सफलताको शुभकामना ब्यक्त गरे ।

प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर साँस्कृतीक र भौगोलीक दृष्टिकोणले भरिपुर्ण भएको कर्णाली प्रदेशमा विकासका प्रचुर सम्भावना रहेको बताउँदै त्यसको संरक्षण र सम्बर्धनमा पनी उत्तीकै ध्यान पुराउन आग्रह गरे ।

ओलीले कर्णाली प्रदेशको सबैभन्दा ठुलो पर्यटकीय स्थान रारा तालको विकासका लागी केन्द्रीय सरकारले पनी उत्तिकै चासो दिने बताए ।

ओलीले सोही अवसमा राराबाटै बिद्यार्थि भर्ना अभियानको पनी शुभारम्भ गरे । भर्ना अभियान शुरु गर्दै उनले आगामी बैशाख ५ गतेका दिनलाई बिषेश भनाई अभियानको दिन बनाउँदै देशै भरिका बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना अभियानमा सहयोग पुराउन आग्रह गरे ।

shares