Breaking News

राराबाट प्रधानमन्त्रीले भने ‘इतिहासकाे पाना बदल्ने बेला अाएकाे छ’

मुगु, राराताल , १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अब इतिहासका पाना बदल्ने बेला अाएकाे बताएका छन ।

कर्णाली प्रदेशकाे मुगु जिल्लामा रहेकाे  रारा तालको किनारबाट नयाँ वर्षको शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्दै ओलीले वाम गठबन्धनकाे सरकारकाे मुख्य उद्देश्य विकास र समृद्धि भएको बताएका छन् ।

प्रधानमन्त्री अाेलीले विकास र समृद्धिकाे यस अभियानमा विपक्षी दल कांग्रेसलाई पनि साथ दिन अाव्हान गरे । ओलीले गरिबी अन्त्य गर्न  सरकार सशक्त भएर अघि बढने बताए ।

सम्बोधनमा अाेलीले  लगानीकर्ताहरुलाई निर्धक्क भएर लगानी गर्न आह्वान गरे । भ्रष्टाचारविरुद्ध आफू शुन्य सहनसिलताकाे नीति अबलम्बन गरिने बताउदै उनले विधिको शासन कडाइका साथ लागू हुने बताए ।

सम्बोधनकाे पूर्णपाठ —- प्रधानमन्त्रीद्वारा राराबाट देशवासीलाई सम्बोधन

shares