Breaking News

५४ बर्षपछि राजापुरवासीले लालपुर्जा पाए

बिक्रम कायस्थ

राजापुर, बर्दिया ३० चैत्र । ५४ बर्ष लामाे संघर्षकाे निरन्तरतापछि बर्दियाकाे एेतिहासिक व्यापारिक केन्द्र राजापुरका वासिन्दाले अाज जग्गा धनी पुर्जा पाएका छन ।

कर्णाली नदीकाे किनारमा रहेकाे राजापुर बिक्रम संवत २०५० साल अघिसम्म कर्णाली नदीसंग सिमाना जोडिएका कर्णाली र सेती अञ्चलका जिल्लाहरुकाे प्रमुख हाट बजारका रुपमा स्थापीत थियो ।

बिस २०२० साल देखी चम्केकाे यो हाट बजारले पटक पटक सरकारी नापी हुदा पनि लालपुर्जा  पाउन सकेकाे थिएन । लालपुर्जाका लागी राजापुरवासीले लामाे सघर्ष गर्दे आएका थिए ।

शुक्रबार कृषि भुमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले राजापुरवासीलाई लालपुर्जा वितरण गरेपछि  यो हाटबजारले स्थायित्व प्राप्त गरेकाे छ । बजार क्षेत्र राजापुर नगरपालिका वडा नं. ४ भित्र पर्दछ ।

२०७४ पुष १९ गते राजपत्रमा सुचना प्रकासित गरी बहाल विटोरी जग्गादर्ता प्रकृया सुरु गरिएकाे थियो ।  माघ ६ गते निवेदन माग भए बमोजिम ४ सय ३८ जनाले जग्गा दर्ताको लागि निवेदन दिएका थिए ।

पहिलो चरण अन्तरगत अाज १ सय ५८ जनालाई जग्गाधनी पुर्जा तयार प्रदान गरिएकाे छ । लालपुर्जा पाउनेमा सरकारी कार्यालय पनि रहेका छन ।

पुर्व भुमिसुधार मन्त्री स्वर्गिय रामचरण चौधरी र निवर्तमान भुमिसुधार मन्त्री गोपाल दहितको प्रयासका कारण राजापुरवासीले लालपूर्जा पाएका हुन। स्वर्गिय रामचरण चौधरीले राजापुरवासीलाई लालपुर्जा प्रदान गर्ने प्रक्रियाकाे थालनी गर्नु भएकाे थियो ।

 

shares