Breaking News

परराष्ट्रमन्त्री अाईतबार चीन जादै

काठमाण्डौ ३० चैत्र । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अाइतबार चीन भ्रमणमा जादैछन ।

ज्ञवाली चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणमा औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । परराष्ट्रमन्त्री ज्ञवालीकाे भ्रमणलाई प्रधानमन्त्री केपी अाेलीकाे निकट भविष्यमा हुने चीन भ्रमणकाे तयारीका रुपमा हेरिएकाे छ ।

ज्ञवालीले वैशाख दुईदेखि सात गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ । वैशाख सात गते ज्ञवालीले आफ्ना समकक्षी यीसंग दुईपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा ज्ञवालीले चीनका नेताहरु, बुद्धिजीवीहरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ । ज्ञवालीलाई वैशाख तीन गते चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले स्वागत गर्नेछन ।

वैशाख ६ गते ज्ञवालीले चीनको सिचुवान प्रदेशको चेनगुण सहर अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो क्रममा उनले सिचुवान विश्वविद्यालयका कार्यक्रमलाई सम्बोधन गर्नेछन ।

shares