August 17, 2017

सल्यानमा एमाले र माओवादी बराबरको स्थितिमा (यस्तो छ पछिल्लो मतपरिणाम)

पुरुषोत्तम गिरी / सल्यान जेठ ३ । सल्यानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बराबरको स्थितिमा देखिएका छन् । जिल्लाका १० स्थानिय तह र त्यसमा रहेका ८४ वडा मध्ये हाल सम्म माओवादी केन्द्र र एमाले बराबर संख्यामा विजय हासिल गरेका छन ।

अहिले सम्म दुवैले एकएक गाउँपालिकामा जित हात पारेका छन् भने ३/३ वटा स्थानिय तहमा अग्रता कायम गरेका छन् । यस्तै दुवै पार्टीले वडा तर्फ १९/१९ वटामा जित हात पारेका छन् । यस्तै नेपाली काँग्रेसले एकमा जित र एकमा अग्रता लिएका छ । नेपाली काँग्रेसले अग्रता लिएको शारदा नगरपालिकामा भने हिजो वेलुकी देखि रोकिएको मतगणना अहिले सम्म शुरु हुन सकेको छैन । यस्तै नेपाली काँग्रेसले १३ वडामा जित हात पारेको छ ।

यस्तो छ जिल्लाको पछिल्लो मतगणनाको अवस्था


माअोवादी केन्द्रले जितेका वडाहरु

१ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम,
२ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम,
३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम,
४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम
५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा पुरै प्यानल विजयी
६ बागचौर नपा ११ मा मोहन खड्काको पुरै टिम
७ बागचौर नपा १२ मा दिपक वलीको पुरै टिम
८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्काको पुरै टिम
९ कपुरकोट गाउपालिका २ मान बहादुर रानाको पुरै टिम
१० रामपुर गाउपालिका ६ मा टेक बहादुर पुलामी सहित पुरै टिम
११ दार्मा गाउपालिका ४ मा चन्द्र बहादुर रावत सहित पुरै टिम
१२ दार्मा गाउपालिका ३ मा सेतीराम रोकाय सहित पुरै टिम
१३ वनगाड कुपिण्डे २ मा प्रतिमल बुढा सहित पुरै टिम
१४ वागचौर नगरपालिका १० मा कृष्ण खड्का सहित पुरै टिम
१५ दार्मा गाउपालिका २ मा डिल्ली केसी सहित पुरै टिम
१६ बागचौर नगरपालिका वडा न ३ टिकाराम केसी सहित पुरै टिम
१७ वनगाड नपा ११ मा विर बहादुर बुढा
१८ वनगा नपा ३ मा टेक बहादुर पुन
१९ कुमाखमालिका गाउपालिका ७ तुलाराम बोहरा

नेकपा एमालेले जितेका वडाहरु

१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजयी
२ शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको टिम
३ शारदा नगरपालिका ३बाट टोप बहादुर थापा
४ त्रिवेणी १ मा छवि केसीको पुरै टिम
५ ढोरचौर गाउपालिका ३ मा शालीकराम बुढाथोकीको पुरै प्यानल
६ बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगीको पुरै टिम
७ बागचौर नपा २ मा घनश्याम शर्माको पुरै टिम विजयी
८ दार्मा गापा १ मा कवि कुमार चन्द सहित पुरै प्यानल
९ छत्रेश्वरी गाउपालिका ३ मा राज बहादुर बुढाथोकी सहित पुरै प्यानल
१० ढोरचौर गाउपालिका ५ मा नन्दलाल बोहरा सहित पुरै प्यानल
११ कालिमाटी गाउपालिका ५ मा चन्द्र बहादुर गाहा सहित पुरै टिम
१२ कुपिण्डे बनगाड नगरपालिका १ मा शान्त कुमार यरी सहित पुरै प्यानल
१३ छत्रेश्वरी गा.पा. ४ नेव ब खड्का पुरै प्यानल
१४ कालिमाटी गापा ४ वेल बहादुर चन्द
१५ कपुरकोट गापा ४ मा हरिलाल बुढा सहितको पुरै प्यानल
१६ छत्रेश्वरी गाउपालिका ५ लिलाधर घर्ति
१७ कालिमाटी गाउपालिका ३ विर बहादुर वली
१८ वागचौर नगरपालिका ९ मोहन चन्द
१९ कपुरकोट गाउपालिका ५ याम कुमार बस्नेत

नेपाली काँग्रेसले जितेका वडाहरु

१ वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पुरै प्यानलमा विजय
२ छत्रेश्वरी गाउ पालिका १ मा नेव बहादर शाह सहित पुरै प्यानल विजय
३ कालीमाटी गाउपालिका ७ मा नयन सिहं रानाको पुरै प्यानल विजयी
४ त्रिवेणी गाउपालिका २ मा मेघराज खड्का सहित पुरै टिम
५ शारदा नपा ४ मा सुदन विष्ट विजयी अन्य सबै सदस्य एमाले
६ कपुरकोट गाउपालिका ३ मा मिन बहादुर सेन सहित पुरै प्यानल
७ शारदा नपा ५ मा प्रदीप शाही सहित पुरै टिम
८ ढोरचौर गाउपालिका ४ दिनेश विएम (गोलाप्रथाबाट)
९ शा.न.पा. ६ भिगराज बुढाथोकी
१० त्रिवेणी गा.पा. ४ छविराज शर्मा
११ त्रिवेणी ३ हुकुम प्रसाद महतरा
१२ त्रिवेणी ५ वडा अध्यक्ष सहित पुरै प्यानल
१३ त्रिवेणी ६ मा वडा अध्यक्ष सहित पुरै प्यानल

सल्यान जिल्लाका सवै स्थानिय तहको पहिल्लो मत परिणाम

१ शारदा नगरपालिका
नेपाली काँग्रेस, प्रमुख :सुरेश अधिकारी १५९० उपप्रमुख :साबित्रा बस्नेत घर्ति ६२२
नेकपा एमाले, प्रमुख : राम कुमार खड्की १३८१उपप्रमुख : सरिता हमाल मल्ल ११२०
नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ७६४ उपाध्यक्ष : झरणा वुढाथोकी ४०३
राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान १२२८
(अहिले मतगणना रोकिएको)

२ वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख :गोरख बहादुर खत्री २५१८ उपप्रमुख : मेनका चन्द २५१८
नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी २६८१ उपप्रमुख : ओका कुमारि खत्री २६५१
नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी ३६१८ उपाध्यक्ष : कल्पना पुन ३६४१

३ वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस : तालमेल उपप्रमुख : दिपेन्द्र बिष्ट २३६६
नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन २२६३ उप प्रमुख : तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी २५२२ उपाध्यक्ष : मञ्जु यरी २३६६

४ ढोरचौर गाउपालिका एमाले विजयी
नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १९२५ (विजयी) उपाध्यक्ष : पुष्पा वोहोरा १९४६ (विजयी)
नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने १५४८ उपाध्यक्ष : भूमि वुढाथोकी १५९९

५ दार्मा गाउँपालिका माओवादी विजयी
नेपाली काँग्रेस, अध्यक्ष :रामचन्द्र के.सी२७७१ उपाध्यक्ष : तालमेल
नेकपा एमाले, अध्यक्ष : तालमेल उपाध्यक्ष : दल बहादुर केसी २६१९
नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी ३६९४ (विजयी) उपाध्यक्ष : टिका शर्मा वली ३६९५ (विजयी)

६ त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस विजयी
नेपाली काँग्रेस, अध्यक्ष : मान बहादुर डाँगी २७६५ (विजयी) उपाध्यक्ष : करुणा खड्का २६४५ (विजयी)
नेकपा एमाले, अध्यक्ष : लोकेन्द्र सिंह खड्का २३१७ उपाध्यक्ष : पवित्रा केसी २३७७

७ कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : दुर्गा गिरी ११९२ उपाध्यक्ष : ओकी महतरा १२९१
नेकपा एमाले अध्यक्ष : भिम बहादुर सेन २५३८ उपाध्यक्ष : तिला बुढा मगर २५६७
नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रकाश भरारी १७७५ उपाध्यक्ष : एलिना राना १६०४

८ कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : भरत पुन १४७७ उपाध्यक्ष : कमला अधिकारी १३५३
नेकपा एमाले अध्यक्ष : दान बहादुर खत्री केसी १७७७ उपाध्यक्ष : सहनशिलता ओलि डाँगी १८३२
नेकपा माओवादी केन्द्र अध्यक्ष : पुरुषोत्तम भट्टराई १७८५ उपाध्यक्ष : प्रिती डिसी विसि १८००

९ छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : सन्तोष के.सी. १६८७ उपाध्यक्ष : सिता के.सी. १६७३
नेकपा एमाले अध्यक्ष : ओज बहादुर बुढाथोकी २१०४ उपाध्यक्ष : बुद्ध कुमारी खत्री केसी १०८९
नेकपा माओवादी केन्द्र अध्यक्ष : चित्र वहादुर केसी २०४९ उपाध्यक्ष : राधा कुमारी शर्मा घर्ति १९७५

१० कुमाख मालिका गाउपालिका
नेपाली काँग्रेस अध्यक्ष : बिबेकसिंह राठौर ३९२ उपाध्यक्ष : उर्मिला राणा ३३४
नेकपा एमाले, अध्यक्ष : भैरव वहादुर शाह ३२४ उपाध्यक्ष : शान्ति चन्द ३०५
नेकपा माओवादी केन्द्र अध्यक्ष : दिलमाया बुढा मगर गिरी ७३७ उपाध्यक्ष : डिल्लीराज जैशी ८२७