Breaking News

बिस्केट जात्राको चौथौं दिन: हात नभएको लिङगो उभ्याइयो

भक्तपुर, ३० चैत्र । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको चौथौं दिन शुक्रबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिङगो उभ्याइएको छ ।

मध्यान्न १२ बजेर ३५ मिनेटका शुभसाइतमा लिङगो उभ्याइएको हो । संस्कृतिविद्हरूका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याइने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको हो ।

हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरूले बताएका छन् । हात नभएको लिङ्गो बैशाख ५ गते ढाल्ने प्रचलन छ । लिङ्गो उभ्याईसके पछि गहिटीमा रहेको भैलख खलाँ जुकेगु अर्थात भैरवको खतलाई योसींख्योमा लानको लागि बाटो मिलाएर राख्ने गरिन्छ ।

shares