Breaking News

फिफा विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो, दक्षिण एशियामा तेस्रो

निलम महर्जन/काठमाण्डौ, २९ चैत्र । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिन सफल भएको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल ३ स्थान सुधार गर्दै १ सय ६२ औं स्थानमा उक्लिएको हो । दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ ।

९७ औं स्थानमा रहेको भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स एक सय ४७ औं स्थानमा रहँदै दोस्रो स्थानमा छ । नेपाल भन्दा तल क्रमश भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

फिफा विश्व वरियतामा भने जर्मनी पहिलो र ब्राजिल दोस्रो स्थानमा कायमै छ भने बेल्जियम दुई स्थान माथि उक्लिँदै तेस्रो स्थानमा आएको छ ।

shares