स्रष्टा दिलिप श्रेष्ठको कविता संग्रह ‘रेल चढेपछि’ सार्वजनिक

काठमाण्डौ, २९ चैत्र । स्रष्टा दिलिप श्रेष्ठको कविता संग्रह ‘रेल चढेपछि’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रमकाबीच प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त कविता संग्रह विमोचन गरेका हुन् । त्यस्तै ज्ञान उदासद्धारा सम्पादित ‘स्रष्टा हस्ताक्षर’ पुस्तक पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति उप्रेतीले राम्रो काम गर्ने स्रष्टालाई सम्झिनुपर्ने बताउँदै राज्यले पनि सम्मान दिनुपर्ने बताए । साहित्यलाई पाठकसमक्ष पुराउन स्रष्टाहरूलाई उत्प्रेरित गनुपर्ने भन्दै उनले प्रतिष्ठानले यसमा विशेष ध्यान दिने धारणा पनि राखे ।

कविता संग्रह ‘रेल चढेपछि’मा कवि श्रेष्ठले जीवन भोगाइको विषयलाई प्राथमिकतामा राखेका छन् भने स्रष्टा हस्ताक्षर पुस्तकमा स्रष्टाहरूको जीवनलाई उजागर गर्न खोजिएको छ ।