Breaking News

रु. ५० हजार घुससहित नापी अधिकृत श्यामबाबु साह पक्राउ

यमन दनुवार / उदयपुर २९ चैत्र । उदयपुरको नापी कार्यालयका अधिकृत श्यामबाबु साह ५० हजार रुपैया घुस लिदै गर्दा पक्राउ परेका छन । 
अख्तियार दुरुपयोग अनुसन्धान अायोगकाे टोलीले अधिकृत साहलाई सेवाग्राहीबाट घुस लिदै गर्दा क्वाटरमै रंगेहात पक्राउ गरेकाे हो । अधिकृत साहले त्रियुगा नगरपालिका वडा नम्बर ११ गाईघाट बजारमा रहेकाे सन्तोष साहको जग्गाकाे नक्सा संशोधन गर्ने कार्यका लागि  २ लाख रुपैयाँमा घुस मागेका थिए । 
उक्त रकम मध्ये  ५० हजार रुपैया पेस्की लिदै गर्दा अख्तियारको टोलीले साहलाई अाज बिहान रंगेहात पक्राउ गरेकाे हो । अधिकृत साह यो यसअघि समेत सेवाग्राहीबाट कुटिएका थिए । 
केही दिन अघि मात्र स्थानीय विद्यालयकाे जग्गाकाे नक्साका विषयलाई लिएर प्रिन्सिपल सुवास बिष्टसंग समेत अधिकृत साहकाे विवाद भएकाे थियो । विद्यालयकाे नक्सा सम्बन्धि काममा प्रिन्सिपलसंग घुस मागेपछि  नापीअधिकृत साहलाई त्रियुगा उच्च माबि गाईघाटका प्रिन्सिपल विष्टले कुटपिट गरेका थिए ।
नापी अधिकृत साह घुस नलिइन काम नगर्ने अधिकारीका रुपमा परिचित थिए । उनीमाथि सेवाग्राहीलाई निकै सास्ती दिएकाे अारोप लाग्दै अाएकाे थियो ।
यो पनि पढ्नुहोस्-
shares