Breaking News

हेटौडाकी श्रृंखला भइ्न मिस नेपाल २०१८

काठमाण्डौ २९ चैत्र । मिस नेपाल बर्ष २०१८ को उपाधि हेटौडाकी २२ बर्षिया युवती श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेडरले बुधबार राती काठमाडौंकाे अन्नपूर्ण होटलमा आयोजना गरिएको मिस नेपालकाे  २३ औं संस्करणकाे मिस नेपाल– २०१८ को उपाधि श्रृंखलाले  जितेकी हुन् ।

ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए। प्रतियोगितमा  गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए।

प्रतियोगितामा नेपालका विभिन्न सहर र अमेरिका, बेलायत, अस्ट्रेलिया तथा स्पेनमा बसोबास गर्दै आएका नेपाली युवतीकाे सहभागिता थियो ।

shares