Breaking News

मुलुकको आर्थिक विकासमा पर्यटन सबैभन्दा महत्वपूर्ण: दाहाल

काठमाण्डौ, २८ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासको लक्ष्य प्राप्त गर्न प्राकृतिक स्रोत साधनको उपयोगलाई बढाउनुपर्ने बताएका छन् ।

नेपाल एशोसिएसन अफ र्याफ्टीङ एजेन्सिज नाराले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको भन्दै त्यसका लागि पूर्वाधारको विकासमा लाग्नुपर्ने धारणा राखे ।

पर्यटनका लागि आवश्यक पर्ने पूर्वाधारहरू विकास गर्नेमा ध्यान केन्द्रित गरे समृद्धिको आधार तय हुने उनको भनाइ छ । उनले आर्थिक समृद्धिको नयाँ संकल्प गरिरहेको भन्दै त्यसको सबैभन्दा महत्वपूर्ण आधार पानी नै रहेको जिकिर गरे ।

जलविद्युत, पिउने पानीको निर्यात, र्‍याफ्टिङ लगायतका विविध क्षेत्रबाट नेपालले लाभ लिन सक्ने उनको भनाइ छ ।

shares