October 24, 2017

सुर्खेतको चिंगाड गाउँपालिका अध्यक्षमा कांग्रेसका देवबहादुर चन्द विजयी

रमेश कुमार पाण्डे / सुर्खेत ३ जेठ । सुर्खेतको चिंगाड गाउँपालिका अध्यक्षमा २ हजार ९ सय ४९ मत ल्याएर नेपाली कांग्रेसका देवबहादुर चन्द विजयी भएका छन ।   उनका निकटम प्रतिस्पर्धी एमालेका बखत खत्रीले २ हजार ३ सय ८९ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा पनि कांग्रेसकै मनमाया आचार्य  २हजार ९सय १७ मतले विजयी भइन् । उनका निकटम प्रतिस्पर्धी एमालेकी दीपा रानाले २हजार ४ सय १७ मत प्राप्त गरिन् । ६ वडा रहेको चिंगाडमा १, २, ४ मा कांग्रेस, ३, ५ मा माओवादी केन्द्र र ६ मा एमालेका उम्मेद्वार विजयी भएका छन ।