अल्जेरिया विमान दुर्घटना: २ सयभन्दा बढी मारिएको अाशंका

अफ्रिका, २८ चैत्र । अल्जेरियामा एउटा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा दुर्इ सयभन्दा बढी मानिसको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

२ सयभन्दा बढी सैनिक जवान र उपकरणहरू बोकेको उक्त विमान उड्ने बित्तिकै दुर्घटनाग्रस्त भएको जनाइएको छ । घटना राजधानी अल्जियर्सबाट २० माइल टाढा अवस्थित बुफारिक सैनिक विमानस्थलमा बुधबार बिहान घटेको हो ।

टेलिभिजनमा प्रसारित समाचार अनुसार १४ वटा एम्बुलेन्सले घाइतेलार्इ अस्पताल लाँदै गरेको देखिएको बताएको छ । तर घटनामा कोही पनि जीवित नरहेको त्यहाँका स्थानीय अधिकारीहरूले जनाएका छन् ।

४ वर्ष अघि पनि सैनिक र उनीहरूका परिवार सदस्य बोकेको एउटा विमान दुर्घटना हुँदा ७७ जनाको ज्यान गएको थियो ।