Breaking News

शेर्पा समुदायलाई लक्षित गरी पत्रकारिता तालिम

काठमाण्डौ, २८ चैत्र । शेर्पा युवाहरूलाई लक्षित गरी एक हप्ते आधारभूत पत्रकारिता तालिम आयोजना हुने भएको छ ।

तालिम शेर्पा पत्रकारहरूको छाता संगठन शेर्पा पत्रकार संघ नेपालले आयोजना गर्न लागेको हो ।२०७५ वैशाख पहिलो हप्ताबाट हुने तालिममा राष्ट्रिय दैनिकहरूमा कार्यरत पत्रकारहरूले प्रशिक्षण दिने तालिम संयोजक सार्की शेर्पाले जानकारी दिए ।

राजधानीको बौद्धमा सञ्चालन हुने तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिने जनाएको छ । तालिममा सहभागी हुन चाहानेले पाँच सय रुपैयाँ शुल्क बुझाएर फारम भर्नुपर्ने प्रावधान राखिएको संघका पासाङ शेर्पा छेल्हमुले जानकारी दिइन् ।

शेर्पा पत्रकार संघले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत नियमित रुपमा तालिम, सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । ‘मूलधारको मिडियामा उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने’ विश्वास लिएको संघका सचिव कर्मा शेर्पाले बताए ।

shares