नेपाल प्रहरीकाे प्रमुखमा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनाल नियुक्त

काठमाण्डौ २७ चैत्र । मन्त्रिपरिषदकाे मंगलबार साँझ बसेकाे बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाललाई नियुक्त गरेकाे छ ।

यसै गरि सशस्त्र प्रहरीकाे महानिरीक्षकमा शैलेन्द्र खनालकाे नियुक्ति भएकाे छ । प्रहरी महानिरीक्षक (आईजीपी)का लागि डिअाइजी सर्वेन्द्र खनालसंगै रमेश खरेल र पुष्कर कार्की क्रमश:दोश्रो र तेश्रो नम्बरका  दाबेदार थिए । खनाल, खरेल र कार्की गत असार ३० गते एसएसपीबाट डीआईजीमा बढुवा भएका हुन् ।

यसैगरी सशस्त्र प्रहरीकाे महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन । खनालसंगै अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्ष पुष्पराम केसी दाबेदारका रुपमा थिए ।

दुबै संगठनका महानिरीक्षकहरुले ३० बर्षे सेवा अवधिका कारण बुधबार देखि अवकास पाउदैछन । नेपाल प्रहरीका १५ जना एआइजी, ९ जना डीआईजी र १ जना एसएसपीले पनि भाेली नै अनिवार्य अवकाश पाउँदैछन् ।