पिसाब ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

भानुभक्त बिष्ट/हेटौंडा, २७ चैत्र । मकवानपुरको एक गाईफार्ममा गाईको पिसाब जम्मा गर्ने ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ६, बाग्दलीका अर्जुन घिमिरेको ४ वर्षिया छोरी अमृताको पिसाबको ट्यांकीमा डुबेर मंगलबार बिहान मृत्यु भएको हो । उनी मकवानपुरगढी गाउँपालिका ५, सोलिथुमस्थित बालिकाको फुपु दिलकुमारी हुमागाईको गाई फार्मको पिसाव ट्याङ्कीमा डुबेकी थिइन् ।

बालिकालार्इ उपचारार्थ हेटौंडा अस्पतालमा ल्याइएपनि तत्काल चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।