दोलखाकाे जिरी र रसुवाकाे कालिकामा एमाले विजयी

काठमाडौं ३ जेठ । दोलखाको जिरी नगरपालिका, रसुवाको कालिका गाउँपालिका र मकवानपुरको मकवानपुरगडीमा एमाले उम्मेदवार विजयी भएका छन ।

दोलखाको जिरी नगरपालिकाको मेयरमा ३२१२ मत ल्याएर टंक जिरेल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी  कांग्रेसका उम्मेदवारले १४०२ मत पाएका छन् ।

यसैगरी रसुवाको कालिका गाउँपालिकामा एमालेकी सिता  पौडेल  १४५८ मत ल्याएर प्रमुखमा विजयी भएकी छन् ।
उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका साधुराम पौडेलले १२२५ मत ल्याए ।