Breaking News

मुक्तिनाथकाे शालिकराम हरिहरनाथका महन्तलाई हस्तान्तरण

काठमाण्डौ २७ चैत्र । नेपालकाे मुक्तिनाथबाट बोकेर ल्याएकाे शालिकराम भारतकाे विहारस्थित भगवान हरिहरनाथ मंदिरका महन्त अाचार्य सुशिलजीलाई हस्तान्तरण गरिएकाेछ ।
‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’बाट फर्कदा ल्याएकाे शालिकरामलाई धर्म जागरण समन्वय समिति नेपालका प्रभारी अनुप सिंह र धर्म जागरण उत्तर विहार भारतका संयोजक डा. अवदेश यादवले सयुक्त रुपमा हरिहरनाथ मंदिरका महन्त अाचार्य सुशिलजीलाई हस्तान्तरण गरेका हुन ।
 भारतकाे बिहारस्थित हरिहरनाथबाट १६ चैत्रमा सुरु भएकाे यसबर्षकाे ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ २४ चैत्रमा समापन भएकाे थियो ।नेपाल र भारतका धार्मिकस्थलहरुलाई पर्यटन विकासमा जोडने उद्देश्यका साथ यो साँस्कृतिक यात्रा विगत २०६८ साल देखि प्रत्येक बर्ष अायोजना हुदै अाएकाे छ। यस बर्षकाे यात्रामा नेपाल र भारतका गरी करिब ३ सय बढी तिर्थालुहरुकाे सहभागिता रहेकाे थियो ।
shares