Breaking News

बिजुलीको पोलबाट लडेर एकको मृत्यु

सुनसरी, २७ चैत्र । इटहरीमा बिजुलीको पोलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाले जडान गरेको बत्ती नबलेका कारण बनाउन पोलमा चढेका इटहरी–१८ का ५० वर्षीय दयाराम चौधरीको लडेर ज्यान गएको हो । विद्युतको पोलमा भर्‍याङ लगाई चढ्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक अमर निरौलाको अनुसार चौधरीको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

shares