Breaking News

नगरपालिकाकी प्रशासकीय अधिकृत र इन्जिनियर ५ लाख घुससहित रंगेहात पक्राउ

 काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी र  इन्जिनियर विजेन्द्र श्रेष्ठ ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय नजिकै सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार राति करिब ८ बजे रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीबाट बुझेकाे घुस वाफतकाे रकम रु ५ लाख इन्जिनियर विजेन्द्र श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारीलाई बुझाउँदै गर्दा अख्तियारकाे टोलीले पक्राउ गरेकाे थियो ।

shares