October 23, 2017

कुनै पनि हालतमा संविधान संशोधन हुनैपर्छः उपेन्द्र यादव

नेपालगञ्ज, २ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन अघि भएको सम्झौता पूरा गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपालगञ्जमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय नेता यादवले विगतको सम्झौतालाई ध्यानमा राख्दै संविधान संशोधन हुनुपर्नेमा जोड दिए । संविधान संशोेधन भएमात्रै आन्दोलन रोकिने उनले बताए । स्थानीय निर्वाचनकै कुरा गर्दै नेता यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मुस्लिमहरुको रोजा (ब्रत) परेका कारण उक्त मिति सार्नुपर्ने माग समेत गरे ।

सभामा फोरम नेपालका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष मोहम्मद लालबाबु राउत, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य इस्तियाक राई, केन्द्रीय सदस्य चुुडामणी रेग्मी लगायतको सहभागिता रहेको थियो । साे अवसरमा विभिन्न दलका कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

सहभागिहरुले लोकतन्त्रमा सबैको सम्मान, सबैलाई अधिकार प्रदान गर्ने कार्यबाट ठूला पार्टीहरु चुकेको आरोप लगाए ।